College Days

साथी ति दिन थियो संगै पढीन्थ्यो संगै खेलिन्थ्यो , सर पढाउनु हुन्थो हामी पढीन्थ्यो
पिडा त्यै थियो जब परिक्षा आउथ्यो अनि नोट खोजिन्थ्यो
अनि छ नि सेमेस्टर भरिको प्रोजेक्ट एकै रातमा गरिन्थ्यो
साथी कलेजका दिन रमाइलो हुन्थ्यो , क्लास तीनवटा हुन्थ्यो अनि दुइटा खाली हुन्थो
खुसि त्यै बेला हुन्थो के के केरेर कपि भरिन्थ्यो अनि नतिजा पास हुन्थ्यो
जब क्लासमा होइन ल्याबमा जा भनिन्थ्यो , मजा त्यै थियो जब ल्याबमा आनन्दले फेसबुक चलाईन्थ्यो
साथी दिन त्यै रमाइलो थियो झोलामा कपि होइन ल्यापटप अनि एक जोर कपडा बोकिन्थ्यो
एउटाले बल अनि आर्को ले बल बोकिन्थ्यो
साथी डर त्यै थियो जब क्रिकेट खेलेर कलेजको सिसा फोडीन्थ्यो ..
साथी ति दिन थियो संगै पढीन्थ्यो संगै खेलिन्थ्यो , सर पढाउनु हुन्थो हामी पढीन्थ्यो

Related posts