नेपालको संबिधान

 

हरेक दिन जस्तै थियो आज  दिन पनि मेरो लागि बाहिर प्रसङ्ग फरक थियो मान्छेहरु खुसि देखिन्थे, देशले संबिधान पाउने  भएको ले नै होला सायद , निस्के घरबाट लागे कार्यलय तर्फ जब कलंकी पुगे मान्छे मात्र देख्न  गाडी देखिएन कारण संबिधानलाइ स्वागत गर्न नसकेर केहि महानुभाब हरुले नेपाल बन्द जो अवाब्हन  गर्नु भाको रैछ , पुगे हिन्दै  कार्यलय  रोक्न  सकेन उनीहरुको बिरोधले मलाई , दिन सामान्य नै थियो मेरो लागि , तर विभिन्न कुरा राय, सहमति , बिरोधका कुराहरु सुन्न पाइन्थो , यस्तैमा सकियो दिनपनि अब  फर्किनु  थियो मान्छेहरु मुहारमा हासो अनि हातमा मैनबत्ती लिएर खुसियाली मनाउदै थिए अर्का थरि बाइकमा नेपालको झण्डा फहराउदै कुध्दै थिए बानेश्वर  तर्फ़।  आफ्नो दिमागमा कसरि  घर सम्म पुग्ने भन्दा अरु केहि आउन सकिरहेको थिएन , गाडी नपाउने लग्भग निश्चित भएपछि लागे बसन्तपुर बाटो हुदै आफ्नो गन्तब्य तर्फ़, केहि महिना आगडिको भुकुम्पको घाउ अनि पिडा संगै संविधानको खुसि देख्न पाइन्थो बसन्तपुर सडकमा, खुसि अनि उषाहित देखिन्थे हरेक मानिस त्या पाहाडी , मदेशी , हिमाली सबै थिए तर एउटै स्वोरमा भन्दै थिए  जय संबिधान , आगाडी बढ्दै थिए जब कालिमाटी परोपकार पुल निर पुगे घाटी सुकीसकेको थियो यता उता पसल खोजे भेटिन थोरै अगाडी एकजान ब्यापारी थिए डालोमा पानी  , चाउचाउ , चुरोट लिएर बसेका अनि साथमा एउटा  फुच्ची नि देखिन्थि, तर न त ति बाजे न त ति नानी नै खुसि देखिन्थे , मैले जब त्याँ  उनीहरुको पसल नजिकै पुगेर पनि अनुरोध गर्दै थिए हातमा मोबाइल लिएर समाचार सुन्दै गरेकी फुच्ची आफ्नो बाउलाई कोट्याउदै सोधी बाबा अब संबिधान आए पछि त हाम्ले नि बिहान साझ नै भात खान पाइन्छ होला नि है, त्यो सानी नानीको प्रश्नको जवाफ दिनु पर्ने बाउले आखा  भरि आसु भरेर चुप लगेर बस भन्दा अरु केहि जवाफ दिन सकेन, अनि म नि निरुत्तर भएर हिडे त्या बाट के साच्ची, संबिधान आए पछि त्यो फुच्ची अनि , ति ब्यापारी जस्ता नेपाली जनताले बिहान साझ नै भात खान पाउलान त ???

 

यो त एउटा उदाहरण मात्रै हो यस्तै  कुराहरु छन् जुन सम्बोधन गरिनु जरुरि छ, संबिधान बनेर मात्र देशको बिकाश हुन्छ भन्न सकिदैन , जब संविधानले भने अनुसार काम हुन्छ अनि मात्र बिकास गरन सकिन्छ।  हरेक नेपाली  ठाउबाट उठ्नु जरुरि छ , अनि सबै मिलेर  देश बिकास गर्न जरुरि छ। मधेसी, पहाडी,हिमाली, कामि , बाहुन, थारु  भन्नु भन्दा पनि नेपाली बनेर  बढ्न जरुरि देखिन्छ , नेपाल र नेपालीले यो वर्ष भुकुम्पको ठुलो पिडा भोगेका छन् त्यस्ता बिपत्ति फेरी आउन सक्छन त्यसको नि तयारी गर्न पर्चा सबै मिलेर देश बिकासमा  लाग्न  जरुरि देखिन्छ, संबिधान बनेपछी परिबर्तन नहुने  भन्ने हुदैन  आबस्कता अनुसार परिबर्तन गर्दै मिलेर आगाडी बढ्न राम्रो हो।

constitution

Related posts