बर्षा

म त मायामा रमाउने मान्छे, मायामा हराउने मान्छे, सपना देख्ने, सपना सझाउने , अनी आँफैमा हराउने मान्छे , हाम्रो भेट, हाम्रो माया , शायद एउटा सम्योग थियो , तिमी म् भन्दा जुनियर क्लासको मान्छे, बर्षा तिमी कलेज प्रबेस गर्दा म अन्जान थिए, जब परिचय भयो मेरो कलेज सकियो बाटो फेरियो अनी हाम्रो नाता शायद एक अर्थमा हामी जोडीनु अघी नै टुटी सकेको थियौ । कलेज सकेको दुई महिना पछी फेसबूकमा अचानक तिमीलाई भेट्दा एक किसिमले खुशी नै भएको थिए , त्र आर्को तिर छुट्ने डरले सताउदै थियो त्र नि त्यै फेसबुक मै हाम्रो मायाको पालुवा पालायो हामी मायामा बधियौ, काठमाडौं भित्र बाहिरका पार्क मठ मन्दिर हाम्रो मायाका साथी बने हाम्रो सपनाहरु सुने हाम्रो यात्रामा कुनै स्वार्थ बिना नै साथ दिए । हामी अझ नजिक हुँदै गयौ जसरी पार्क मठ मन्दिर सिनेमा घर हाम्रो मायाको भौतिक साथी बने त्यसरी नै हामी अझ नजिक भएका थियौ तन , मन , साथ , माया सँगै हाम्ले शरीर नि साटी सकेका थियौ । हाम्रो माया बासको झ्याङ झै झङिदै थियो हामी अगाडि बडदै थियौ, हरेक बर्षातमा सँगइ भिजयौ , घाममा सँगै हिदयौ हाम्रो माया सबैको नजरमा एक नमुना भईसकेको थियो ।

raindrops-rajan
Source : Rajesh Khadka

बर्षा जब कलेजमा पहिलो पटक तिमीलाई देखेर तिम्रो नाम थाहा पाउन तड्पिएको थिए त्यो भन्दा कयौ गुणा बडी अहिले तड्पिएको छु , त्यो बेला जब पानी पारीरहेको बेला तिम्रो साथी ले तिमलाई बोलाँउदाइ तिम्रो नाम थाह पाउद खुशी भएको थिए त्यस्तै खसी हुन चाहन्छु फेरी , क्या रमाएलो लाग्या , त्यो बेला जब पनि पारी रहेथियो अनी तिम्रो नामनि पाए, बर्षा अनी आर्को एउटा बानी पनि पानीमा रुझ्न मन पर्ने ,म त तिम्रो मात्र फ्यान थिए पानी भने पछी त चार कोश पर भागथे एलर्जी भन्ने चिज जुन थियो त्र पनि त्यो दिन देखी पानीमा भिज्ने कुनै मौका छोडिन लाग्थो त्यै पानीमा कतै तिमी नि भिज्दै छौ आफ्नो हात फिजाएर अनी म् महसुस गर्थे तिम्रो आङलोको । शायद हामीलाई एक हुन नै थियौ र बर्षात नै सम्योग बन्यो जब म कलेजका अन्तिम दिनहरु चल्दै गर्दा बायोलोजी ल्याबमा बस्दै थिए र तिमी हतार हतार त्यै आयौ र आकास खुशीको आसु झार्न थाल्यो अनी हामी दुबैको मुखबाट एउटै आवाज आयो आह !! अनी भयो परिचय थाह भयो तिम्रो नाम “बर्षा कार्की ” घर सितापाइल ।

before-rain-sky-rajan
Source : Rajesh Khadka

हाम्रो मायाको सम्बन्ध अब विवाहमा परिबर्तन हुन बस एक हप्ता मात्र बाँकी थियो असारको महिना बिहेको सामान किन्ने बाहानमा हाम्ले भेट्ने योजन बनायौ ठाउँ तोकियो न्यू रोड , दिउसोको १:०५ रातो टप्स अनी निलो जिन्स , कालो चस्मा अनी उस्को हासो बसन्तपुरको हिमालयन जाभाको ढोकाबाट जब उह भित्र पसी। त्यै बसेर केही घण्टा बितायौ, हामी खुशी थियौ उन्को अनुहार खुलेको थियो अनी म् नि खुशी थिए त्र किन किन आकाश खुशी थिएन , शायद हाम्रो मिलनमा आकाश रिसाएको थियो अनी कालो अनुहार बनएर बसेको थियो । “लुरे जाउ तिमी मलाई घर सम्म छोडिदेउ बाबा कराउनु हुन्छ फेरी “, हल्का धक्का उदै भनी अनी निस्कियौ त्याबाट आकाशलाई चै खोइ के को शोक थियो रुन मात्र सकेको थिएन, हामी भने हतार हतार गर्द निस्कीयौ न्यू रोड भद्रकाली वीर होस्पितल हुँदै अनी घुमेयौ रत्नपार्कबाट, रोयो आँकास दर्कियो उस्ले मायालु स्वोरमा भनी “लुरे आज भिज्न पर्छ नरोक ल ” अनी त्यै समयमा मैले सन्तुलन गुमाय बाइकको अगाडि ठुलो बस देखे बागबजार तर्फ बाट आउँदै गरेको अनी सबै कालो कालो भयो ,बुइजिय म् वीर अस्पातल ईमर्जेन्सी बिभाग वरिपरी हेर्ये बाबा आमा अनी दीदी हुनुहुन्थो दाइने खुट्टामा पालस्टर गरिएको थियो दिदिलाई सोधे बर्षा खोइ, दिदी बोल्नु भएन रुन थालनु भयो फेरी आमालाई सोधे आर्को तर्फ फर्किनु भयो लाग्यो बिहेको अगाडि आएर म घाइते हुँदा रिश उथ्यो होला, चुप बसे । आँफैलाई थाम्न सकिन फेरी दिदिलाई सोधे , जब दिदिको जवाफ सुने मैले केही देखिन मैले आँफैलाई गुमाए ।आज पाच बर्ष भएछ मैले बर्षालाई गुमाएको, मेरो जिबनमा पनि परेको घरको छतमा थिए , आकाश मलिन थियो , शायद आज नि यस्लाई शोक परेको हुन पर्छ , शायद आज मैले बर्षालाई भेट्न पाउने छु, साची अब त मन्सुन सुरु हुने समय भयो क्यारे, त्यो दुर्घटना पछी मैले पानीमा भिजेको थिएन । तर आज कता कता लाग्दै छ मेरी बर्षाले हेर्दै छन मलाई उन्का आसुका थोपाहरु बर्सिन खोज्दै छन म बैशकीको साहार लिएर छतमै बसे पानी बर्सियो बर्षा आइन मलाई आङलोमा बेरेर रुदै छन मेरी बर्षा ।

Mansonn-rain-alone-rajan
source : http://giglypix.com
मलाई पानीमा भिज्न मन पर्छ जब पानीका हरेक थोपा थोपा मलाई स्पर्स गर्छ मलाई थप उर्जा मिल्छ, म आफ्नै दुनियामा हराउछु, शरीर अनी दिमागका सबै बोझहरु हरएर जान्छ म हल्का हुन्छु , मलाई बर्षात मन पर्छ, बर्षातले तिम्रो याद बगाएर निचोरेर लगिधिन्छ , मलाई म बनाउछ । हो तिमीलाई जस्ताइ मलाई बर्षात मन पर्छ,आउ पानी बार्सिउ म माथि बागाउ याद, पिडा अनी सबै दोशहरु बनाउ हल्का, मेटिदेउ मेरो जिबनमा लागेका ति ठुला बादलका धब्बाहरु , म सफा हुन चाहह्छु, म खुल्न चाहन्छु त्यै निलो आकाश झै म् खुल्न चाहन्छु त्यै पनि परेपछीको आकास झै आउ बर्षा आउ पानी मलाई भिजाउ ,मलाई भिज्न मन पर्छ , मलाई रुझ्न मन पर्छ ।

Thanks For the images : Rajesh Khadka 

Related posts