प्रेमालय : एक प्रेम पत्र

प्रेमालय प्रेम बुझाउने, प्रेम पढाउने पुस्तक हो भन्दा फरक नपर्ला यो पढी सकेपछि मैले नि यसको प्रभाबलाई ब्याख्या गर्ने प्रयास गर्दा बनेको लेख हो यो यसमा मैले उनि पात्रलाई बिशेस प्रयोग गरेर प्रेममै रहेर लेख्ने प्रयास गरेको छु कथा केहि काल्पनिक केहि सत्य छ , तर मैले प्रेमलाई प्रेमालय को भाषामा नभई मेरै भाषामा बुझे मेरै भाषामा ब्याख्या गर्ने प्रयास गरे अन्त्यमा मैले गर्ने वा हाम्ले गर्ने प्रेम सहजको जस्तै प्रेम नै हो भन्ने बुझे ऋषभ को जस्तो उदार प्रेमलाई त हाम्रो समाजले स्वीकार्न नसक्ने पाए जहाँ सहजको प्रेम स्वीकार हुदैन त्या ऋषभ प्रेम किताब कथा र चलचित्रमै उत्कृस्ट हुने पाए , लेखक अश्विनी कोइरालालाई बिशेस धन्यबाद तथा सफलताको सुभकामना ..


प्रिय केहि दिन अगाडी सामान्य झगडा र हाम्रो गलत बुझाई भनौ या हाम्रो बीच राम्रो प्रस्ट बार्तालाप हुन नसक्दा जन्मिएको प्रेमको बिकराल अवस्था अनि लगभग मारी सकेकोको हाम्रो प्रेम, र मलाई देख्ने बित्तिकै परिबर्तन भएकी तिमि यस बारेमा खासै बयान गर्न नै मन लागेन प्रेम , थाह छ तिमि मायामा बच्चा नै छौ एक्लो छौ म बिना, तर म बिगतका कयौ असफल प्रेम पछि सायद म कठोर छु प्रिय यसको मतलब म तिमीलाई माया नै नगर्ने त होइन माया त अथाह माया गर्छु तर तिम्रो आगाडी हरेक पटक त्यै माया पोख्न असफल हुन्छु पिडा तिमीलाई हुन्छ मन तिम्रो दुखाऊछु रुवाऊछु बराबर पिडा मलाई नि हुन्छ , अब कुरा गरौ तिम्रो करले मेरो रहरले घर भित्रिएको प्रेमालयको: प्रिय जब प्रेमालय पढ्न सुरु गरे रोकिइन तिमीलाई पर राखे लगातार पढिरहे सम्झे मेरा हरेक पुराना प्रेम अनि तिमि, लाग्यो हाम्ले त प्रेम गरेकै रहेनछौ |

प्रिय म लेख्दै छु सायद प्रेमालयको प्रभाब हो अथवा हाम्रो प्रेमको विश्लेषण र मलाई थाह छ यसको पहिले पाठक तिमि हुनेछौ र पढेर तिमीलाई पिडा हुनेछ लाग्नेछ मैले तिमीलाई प्रेम गर्दिन थाहा छैन म मेरो प्रेम प्रमाणित गर्न सक्छु कि सक्दिन , तर मलाई थाह छ तिम्ले मेरो प्रेम बुझ्ने छौ र बुझ्ने कोशिस गर्ने छौ , तिमि मलाई विश्वास गर्छौ, लागदैन मैले तिम्रो विश्वास तोडेको छु र तिम्ले मेरो मायाको प्रमाण माग्ने छैनौ ,प्रेमालयले सिकायो जहाँ मायाको प्रेमको प्रमाण खोजिन्छ त्यो प्रेम प्रेम होइन , त्यो प्रेममा स्वार्थ हुन्छ , म तिमीलाई निस्वार्थ प्रेम गर्न चाहन्छु र तिमिबाट पनि त्यस्तै अपेक्ष्या राख्दछु ,प्रीय म तिमीलाई आफ्नो बनाउन चाहन्छु | म तिमीलाई फरक ढंगले प्रेम गर्न चाहन्छु बुझाउन चाहन्छु मेरो प्रेम अनि आफ्नो बनाउन चाहन्छु |

तिमि जसरि म पर्ति समर्पित  छौ ठ्याक्क म नि त्यसरी नै तिमि प्रति समर्पित छु , तर समस्या म मा नै थियो म हरेक पाइलामा डराएको थिए बिगतका मेरा असफल प्रेम देखि सधै लाग्यो एक दिन फेरी मैले तिमीलाई गुमाए भने , मलाई माफ गरिदेउ प्रिय यो पटक हामी बीचको दुरीमा तिम्रो उपहार प्रेमालय आयो र संगै आयो मेरो बिगत म लज्जित छु र मलाई थाह पनि छैन किन प्रेमालय संगै तिमि आएनौ किन मेरो बिगत मात्र आइरह्यो तर थाह छ प्रिय यो समय हामीले कुनै बार्तालाप गरेनौ तर पनि हामी कहिले एक अर्काबाट टाडा भएनौ भौतिक रुपले हामी टाडा थियौ केहि टाडा तर तिमि म र मेरो मनको कुनै कुनामा थियौ मेरो हरेक धड्कन संगै धड्कीरहयौ मेरो प्रेमालय यात्रामा संगै रहयौ |

प्रिय जब प्रेमालय पढ्दै गए लाग्यो तिम्रो प्रेम गर्ने तरिका र मैले तिमिलाई  प्रेम गर्ने तरिका यहाँका पात्र संग मिल्दो जुल्दो रहेछ तिमि चाहन्छौ म तिमीलाई अरुले जसरि माया गरु बसको यात्रामा तिमीलाई जिस्काई रहू , बाटोमा तिम्रो हात समाईरहू मेरो प्रेम हरेक पटक प्रकट गरिरहू अनि जब तिमि रिसाउछौ नि तिमिलाई फकाईरहू , तर तिमीलाई  फकाउने सब भन्दा सजिलो हतियार पनि त सजिलो बनाएकी छौ  ,तिमीलाई फकाउन म तिमीलाई खुलमखुल्ला प्यार गरम तिम्रो अगाडी फिस्स हासिदिउ तर प्रिय म त्यो भन्दा अलिक फरक नै भए सायद आजसम्म कहिले तिम्रो त्यस्तो इच्छा पुरा भएनन् तर नि तिम्रो मायामा कमि आएन मैले आउन दिएन महसुस भएन हामी धेरै झगडा गरयौ तर केहि घण्टामै एक आर्का नभई नहुने पनि त थियो , तिम्ले मेरो बिगत बिर्साउने हरेक प्रयास गरि गरि रहयौ सायद बिर्सेको पनि थिए तर फेरी प्रेमलयले सम्झिन बाध्य पर्यो तर छिनमै बर्तमानको यथार्थले मनमा दौड गर्यो तिमि दौडियौ | “तिमीलाई नि त थाह छ म हारेर मधीरा पिउथे बिगत भुलाउन आश्रय खोज्दै थिए तिमि आयौ भयौ मेरो आश्रय अनि महसुस भयो अब मलाई माया गर्ने कोहि छ, म जस्तो मान्छेलाई माया गर्ने नि कोइ छ, मेरा लागि बाच्ने पनि कोइ छ , जसले आफ्नै कारणले बिगतका प्रेम गुमायो , मेरा पिडा तिम्रा अगाडी बल्झिय , म मज्जाले रुन चाहन्थे तर म नि येही समाजको मान्छे हु जस्ले सिकाएको छ मर्दाले रुन हुदैन “तर पनि मलाई थाह छ प्रीय म कति पटक तिम्रो काखमा रोएको छु म संगै तिमि रोएकी छौ मेरो पिडा तिमीलाई बोध भएको छ |

प्रेमालयले पटक पटक हाम्रो जस्तो प्रेमलाई बिरोध गरेको छ प्रिय तर म तिमीलाई माया गर्छु जसरि प्रेमालय को पात्र सहजले अर्की पात्र उसकी प्रेमी गुरासलाई गरेको छ म तिमीलाई सजाउन चाहन्छु , तिमि संगै रमाउन चाहन्छु जिन्दगि तिमि संगै बिताउन चाहन्छु यसो भन्दै गर्दा सायद मेरो प्रेम स्वार्थप्रक होला तर म तिम्रो लागि बाच्न चाहन्छु र म चाहन्न मेरो लागि तिम्ले कुनै त्याग गर्न परोस |प्रिय म हाम्रो प्रेमलाई रोमिओ जुलियट , एडम आभा , मुना मदनको जस्तो बनाउन चाहन्न म त चाहन्छु यो हाम्रै आधारको प्रेम बनोस, सायद हामी प्रेमको सिदान्त भन्दा बाहिर हुन सक्छौ तर म यस्तै चाहन्छु | प्रिय म येसो भन्दै गर्दा तिम्ले के सोच्छौ भन्ने कुरा प्रति अबोध छु यसमा तिम्रो कुनै आपति छ , तिमि मेरो अलाबा अरु कोइलाई मन पराउछौ या तिमि संगै उसले नि तिमीलाई मन पराउछ र तिमि खुसि छौ भने प्रिये बुझ त्यो कस्तो प्रेम हो त्यो तिम्रो शरीर तिम्रो रुप पर्तिको आकर्सण हो कि साची प्रेम नै हो | सायद यी सब्दले तिम्रो मनमा छत पुर्याउन सक्छ पुर्याउला तर म माफी माग्दै भन्न चाहन्छु प्रिय तिमीलाई तिम्रो प्रेम रोज्ने पूर्ण अधिकार छ र त्यो म नै हुन पर्छ भन्ने कदम कदाचित छैन | म तिमीलाई सहजले जस्तै माया गर्न चाहन्छु निश्चल अनि स्वार्थ भन्दा बाहिर बसेर हरेकपल तिमीलाई देख्न , अनुभब गर्न चाहन्छु , तिमीलाई अझ पनि आफ्नो मायाको निर्णय गर्ने पूर्ण अधिकार छ |

 

सायद यो लेखले न्याय पाउन सकेन या मैले दिन सकिन अथवा अन्त्य तिर कतै मैले बिराए वा अधुरो भए , माफी …निरन्तता दिने प्रयास गर्ने छु ..


 लेखाईको क्रममा मैले प्रेमालय पुस्तकबाट केहि हरफ लिएर त्यसलाई आफ्नै ढंगले तोडमोड गरेको छु,यसबाट कुनै किसिमको नकारात्मक कुरा निस्केको भए, अर्थ दिएको भए माफी चाहन्छु |

Related posts