Kathmandu might be a dream city for most of Nepali young , there is everything for everyone but for some this is city of love, grace and future, people fall in love in this city , people find their better half in this city where most lost their in this very same city. Kathmandu people find their success, their love and life here but some lose everything in this city within this city.
This is my experience with this city basically this is not a story about Kathmandu but what I experienced at Kathmandu a love story that happen at small tea shop. That tea shop, me and other people are the corroboration for that love story.
<
Lets Start :: <3
चोकको चिया भट्टी
म कक्षा नौ मा पढ्थे, घर बाट नजिकैको स्कुल दिदि त्यै स्कुलको १२ कक्षामा पद्नु हुन्थो , चोकमा हाम्रो एउटा चिया पसल थियो , चिया पसल नामले बिहानमा चिया, दिउसमन चिया खाजा अनि साझमा चिसो चियाको राम्रो व्यापार हुन्थो | हाम्रो परिवारको खर्च त्यै पसलले नै चलाउथियो सायद त्यै कारण थियो हामी कहिले पनि बोर्डिंग स्कुल पदने अवसर पाएनौ अबसोच छैन , दिदि त्यै स्कुलको जिल्ला प्रथम हुनुहुन्थो अनि म पनि | माघको महिना जाडो थियो परिक्षा नजिक थियो टिउसन अनि केहि धेरै कक्षाहरु जे होस् धेरै समय स्कुलमै बित्ने गर्थ्यो , समय समयमा म नि पसल गइ रहेको हुन्थे अनेकौ मान्छेहरु अनि त्यस्तै त्यस्तै गफ सुन्न पाइन्थ्यो , गफ उमेर अनुसार हुन्थो मेरो उमेरको भए मोटू पत्लु , युवा हरु भए अरे हार कलेजको त्यो केटि त क्या माल रैछ यार, अह मैले अस्ति त्यसलाई चाखे नि , अरे तिमि हरुलाई थाह छ फलानोको त डिस्कानो संग लप परेछ नि त्यस्तै त्यस्तै योबनको प्यास राम्रै पोखिन्थ्यो चिया संग अनि उमेरले 40 नाघेकाहरुको भने गफ नै राजनीतिक पार्टीका अनि फल्नोको छोरि अनि त्यसको छोराको बिहे गरिदिने लगायत जुन कहिले सुन्न मान्न लागेन | लाग्थ्यो मज्जा त युवा अवस्थामै छ साथीहरु संगै छ |
यस्तैमा म अचेल हाम्रो पसलमा एउटा नया ग्राहक देख्न थालेको थिए जुन माथिका तिन वटै समूह भन्दा फरक थिए तर दोस्रो समुहमा पर्ने एउटा जोडी जहिले हात समाएर कुम जोडेर आउथे त्यसै गरि बस्थे चिया खान्थे तातो दुध हालेको चिया अनि एकछिन हासी हासी गफ गर्थ्ये अनि जान्थे उनीहरुको त जाने तरिकानी त्यस्तै हात समाएर तर पसलबाट निस्के पछि माहोल फरक भर्खरको जोडी अब अन्जान हुन्थ्यो, खोइ यो के थियो कहिले बुझिन सायद यहि माया थियो | नौ कक्षाको बार्षिक परिक्षा नि सकिएको थियो दिनको धेरै समय पसलमै बित्ने गर्थ्यो , हरेक दिन फरक फरक मान्छे फरक कुरा अनि नया अनुहार संग भेट्ने चिन्ने मौका पाइन्थ्यो आफुलाई भने त्यै युवाहरुको समूह अनि त्यै मिठा मायाका अनि योबनका कुरा हरु सुन्न नै रमाइलो लाग्थ्यो, अनि हरेक दिन जस्तै साझमा त्यै जोडी हेरी रहन मन लाग्थ्यो, लाग्थ्यो मेरो पनि त्यस्तै कोइ भैदिएको भए म नि त यसरि नि बस्थे होला , सम्झिन्थ्ये मेरी सपनाकी राजकुमारीलाई हराउने गर्थ्ये कल्पनाको सहरमा मायाको दुनियामा आहा कस्तो आनन्द कति रमाइलो |
एक दिन पसलमा बा उमेरका काकाहरुको गफ सुन्दै थिए प्रसङ्ग अन्तरजातीय बिबाह अनि धनी गरिबको थियो, दिमागले आधी मात्र कुरा बुझे पनि सुन्ने बुझ्ने प्रयास गरि रहेको थिए, अनि निस्कर्षमा एक जोडी अन्तरजातीय बिबाहको कारण गाउँ निकाला हुनु परेको अनि आर्को जोडी चै केटि धनी परिवार अनि केटि गरिब परिवार भएको अनि उनीहरुको माया को बिरुद्ध केटीको परिवार गएको कुरा रहेछ, अनि झलक्क सम्झे हरेक साझ हाम्रोमा चिया खान आउने त्यै जोडी उनीहरुको नि समस्या अहिले भर्खर कुरा भएको जोडीको जस्तो नै भएको लख काटेको थिए |उनीहरुको कहिले काही हुने कुरा केटीको लगाउने कपडा उसको शरीरबाट आउने गन्ध अनि केटोको रुप रंग अनि पसल भित्र चखेवाको जोडी बाहिर नहुने ओरिपारी यस्तै कुराले उनीहरुको नि केहि नामिलेको जस्तो देखिन्थो तर माया बहने गरिरो थियो | यता कक्षा १० को क्लास सुरु भैसकेको थियो सुरुका दिन देखि नै सरहरुले भविष्यका चुनौतिको कुरा गर्न थाल्नु भएको थियो मलाई भने पसलको लत लागिसेको थियो बूढागफ अनि ठिटाहरुको कुराको बानी अनि त्यै जोडीको मायाको आभास हुन थालिसकेको थियो | तर अचम्म बिगत एक हप्ता देखि त्यो जोडी पसलमा देखिएको थिएन, म मात्र नभई सबैको चासोको बिषय बनेका थिए तिनै जोडी | शनिबारको दिन आज बुढाहरु बिहाननै भेला भएका थिए चिया संगै गफ सुरु भयो , प्रसंग समाजको थियो नेपाली समाज अनि धनी गरिब बिचको दुरी,यस्तै यस्तै … अनि एउटाले कुरा निकाली हाले त्यै आस्तिको धनी गरिब जोडीको त्यो केटीको बाउले अर्कै धनी केटो खोजेर बिहे गर्दियो रे अनि केटालाई केहि गुन्डाहरु लगाएर सहर देखि टाडा भगायो रे , म झसङ्ग भए , डराए तर्सिय कतै यो त्यै जोडी त होइन जो हाम्रै पसलमा आइरहन्थे , यसै बीच जहिले साझमा चिसो चिया खाने काका आज तातो चिया खान आइपुगे, उनैबाट थाह भयो भर्खर कुरा भएको जोडी त्यै रहेछ जसको प्रेम हाम्ले खुल्ला आखाले महसुस गरेका थियौ, मनले बुझेका थियौ अनि भोगेका थियौ, आज केटाको गाउले आएका रहेछ उसको खोजीमा केटीको नया घरमा गएर झगडा गरेछन, उसको माइती सम्म नै पुगेछन् तर पैसा र पावरको अगाडी झुकेर आशु उपहार लिएर फर्केछन |
ओहो, हामी अनि हाम्रो समाज किन एती अबुझ होला, किन यो समाजले पैसा अनि जात लाई माया अनि खुशी भन्दा आगाडी ल्याएको होला , किन हामी एति दुसित होला | अचेल पसल सुनसान छ मायाका कुराहरु त हुन्छन तर माया हारेको छ, केटाहरुले मालका त कुरा गर्छन तर सुनसान लाग्छ , म त्यै जोडीलाई देख्छु, उनीहरुकै हासो महसुस गर्छु | आज बिहानै कान्तिपुर प्रत्रिकाको सातौ पृष्ठमा एउटा फोटो देखे, त्यै फोटोको मुनि लेखिएको थियो “ मायामा पैसा,परिवार र पावर दुश्मन भनेपछि युवतीद्वारा आत्महत्या “ , फोटो त्यै थियो उनै थिइन जो हाम्रै पसलमा आउने गर्थिन स्कुटर चढेर पछाडी आफ्नो माया बोकेर अनि रमाउथिन फगत एउटा चियामा केहि मिठो मिलनमा अनि उनकै दुनियामा | अचेल म हरेक दिन पसल पुग्छु लाग्छ मैले जे त्यो प्रत्रिकामा पढे त्यो गलत हो, छिट्टै भूलसुधार निस्किने छ, त्यै जोडीलाई देख्छु त्यो कुनाको टेबलमा तर जब हेर्छु यो त मेरो कल्पनामा मात्र हुन्छ, एकपटक यो दुनियालाई गाली गर्छु अनि आफ्नै कोठामा फर्किन्छु | सुने अचेल फेरी एउटा नया जोडी पसलमा देखिन थालेको छ रे, गए जे देखे जोडी त्यै रहेछ, तर कथा अनि पात्रको परिचय फरक, केटा त्यै तर अवस्था फरक, केटि उही तर उपस्तिथी फरक, झुत्रे कपडा ठुलो झोला हातमा कान्तिपुर प्रत्रिका पृष्ठ ७ , अनि उह त्यै प्रेमी एउटा पागल प्रेमी जसलाई पैसाले पागल प्रेमी बनाईदियो | समाज अनि परिस्तिथिले त्यो जोडीलाई टाडा बनाईदियो पहिले सबैले हेर्थे इर्स्या गर्थे त्यै जोडीको त्यै मायाको आज सबैले घृणा गर्छन तर माया अझ निश्चल छ अझ साचो छ, जसरि छ उनीहरुको माया अनन्तमा जीवित छ पत्रिकामा उनि छन् सडक पेटीमा चोकको चिया पसलको छेउमा उ छ, उनीहरुको मायाको साक्षी चिया पसल छ म छु | अनि यो समाज छ अनि बाहिर केहि मानिस छन् जो भासणमा मायाका कुरा गर्छन अनि भित्र त्यै मायामा छुरा चलाउछन |
#काल्पनिकलेख : कसैको वास्तविक जिबनसंग मेल खान गएमा संयोग मात्र हुनेछ ||