पागल : A story of Rainbow


A story of a lover whose girlfriend is lost in search of Rainbow and he is waiting for her to return back to him with  colors of rainbow , sign of love , joy and togetherness but she didn’t came back and he lost he is mentally sick and talk with himself the society called him lunatic .


गोधुलीमा उता क्षितिज पारीको देशमा तिमि र रमाउदै गर्दा जब इन्द्रेणी देखियो तिमि कुदेखी थियौ म तिम्रो लागि त्यो इन्द्रेणीको सबै रंग लिएर आउछु त्यसपछि तिम्रो जिबनमा सधै खुसि र हासो मात्र हुनेछ , तिमीलाई मेरो याद अनि मायाले सधै छोपेर राख्ने छ , अनन्त सम्म हामी एक अर्काको हुनेछौ | अचेल पनि सम्झिन्छु जब इन्द्रेणी पर्छ लाग्छ तिमि आयौ सातै रंग बोकेर तिमि मलाई अंगाल्न चाहन्छौ अनि म पनि अनि म नि त्यै ढिस्कोको छेउमा जान्छु तल हेर्छु लाग्छ तिमीले आफ्नो हात फिजाएर सात रंग बोकेर मलाई बोलाईरहेछौ , लाग्छ आउ तिमीमै बिलिन होउ अनि सम्झिन्छु तिम्ले भनेका कुरा लाग्छ सायद मैले तिमीलाई म भित्र नै जीवित राख्न पर्छ | हो प्रिय म आज नि त्यै ठाउमा छु सब कुरा त्यस्तै छ त्यो ठुलो रुख त्यो गहिरो खोच , चिसो हावा त्यसै गरि बग्दै छ लाग्छ तिमि मेरो अंगालोमा छौ र तिम्रा कपालले मेरो मुहार छोपी रहेछन हटाउने प्रयास गर्छु फगत कल्पना मात्र हुन्छ हावाको अर्को ठुलो झोक्काले होसमा ल्याउछ| हो म त्यै खोचको छेउमा छु त्यसै गरि इन्द्रेणी परेको छ , अनि तिमि त्यै इन्द्रेणी मेरो लागि ल्याउने प्रयास गर्दै छौ , म तिम्रो नामले कराई रहेछु , मान्छे हरु मलाई हेरेर हासी रहेछन , म हात फिजाई रहेछु लाग्छ तिमि त्यै इन्द्रेणी संगै आउदै छौ , हो प्रिय मलाई तिम्रो याद आइरहेछ, म बोलिरहेछु एक्लै मलाई थाह छ तिमि मलाई सुन्दै छौ , तर यो दुनियालाइ के थाह तिमि म संगै छौ , म छु तिम्रो याद छ , अनि म बर्बराउछु दुनिया म देखि हास्छ प्रिय पहिले तिमि मात्र थियौ माया गर्थयौ र पागल भन्थियौ अचेल तिमीबिना दुनियामा म एक्लो भएको छु , तर यहि  दुनियाले मलाई माया गर्छ अनि भन्छ पागल |

म अचेल हरपल तिमीलाई देख्छु प्रिय किन एती निरास तिमि पहिले म निरास हुन्थे तिमि हासीरहन्थयौ अहिले किन निरास भएकी हेर त म कस्तो हास्ने भएको छु , तिमि इन्द्रेणी खोज्न गएदेखी खुल्ला आकाश मेरो छानो , कुकुर मेरा साथी अनि सडक पेटी मेरो घर भएको छ नि प्रिय,तिमीलाई पनि त इच्छा थियो म संगै खुल्ला आकाश मुनि बस्ने त्यै सपना त पुरा गर्दै छु, तिमि हुन्नौ हुन्छ केवल तिम्रो याद अनि चिसो साथ हुन्छ तिम्ले उपहार दिएको डायरी अनि हाम्ले सजाएका मिठा मिठा सपना अनि हाम्रो दुनिया | अनि नि प्रिय जब तिम्रो याद आउछ नि म कराउदीन रुदिन,बस पोखिन्छु र रुन्छ मेरो कलम तिम्ले दिएको डायरीका पानाहरुमा त्यो निर्जीव पानाहरुमा तिमीलाई जीवित बनाउने प्रयास गर्छ,प्रयास गर्छ मेरो मरि सकेको मनमा तिमीलाई जीवित राख्ने,मेरो चिसो मुटुमा तिमीलाई तातोपन दिरहने,तिमि जीवित छौ प्रिय म भित्र | अनि त म तिमि संग कुरा गरिरहन्छु एक्लै सधै अनि यो स्वार्थी दुनिया मलाई हेरर हास्छ अनि भन्छ यो पागल | हो प्रिय अचेल त मलाई पनि लाग्छ म पागल , तिम्रो पागल अनि इन्द्रेणीले बनाएको दुनियाले सोचेको पागल |

Related posts