10 simple tools and website to learn programming

Here I tried to list some of the websites that will help you to learn programming languages. These website are judge and personally selected by me while referencing myself to learn programming. These may turn pretty good for you to meet your dream to learn programming languages.


1.    Codecademy

यो एक चर्चित, सजिलो र निशुल्क साइट हो। जसमा HTML, CSS, JavaScript, jQuery, PHP, Ruby, Python, API जस्ता कोडिंग सिक्न सकिन्छ। यो इन्टरएक्टिभ साइट हो, जहाँ तपाइले पढ्दै आफै प्राक्टिस गर्दै जान्न  पाउनुहुन्छ।


 

2.   CodeSchool

यो एउटा चर्चित र एडभान्स लेवलको साइट हो। तपाइँले कोडएकेडेमीमा प्राक्टिस गरिसकेपछि यसमा प्रवेश गर्नु भयो भने सजिलो हुन्छ। यसले भिडियो लेसनहरुका साथ साथै इन्टरएक्टिभ कोर्सहरु उपलब्ध गराउछ।

जस्तै HTML5, CSS, CSS3, jQuery, Ruby, Ruby on Rails, iOS आदि। यसका धेरै जसो कोर्सहरु निशुल्क नै उपलब्ध छन् तर पुरै कोर्स पढ्नका लागि भने महिनाको $२५ तिर्नु पर्ने हुन्छ।


 

3.  TreeHouse
यो वेबसाइटको अनुसार कुनै पनि अनुभव नभएको व्यक्तिलाइ शुन्य देखि प्रोफेस्नल्ली जागिर गर्न तयार हुदाँ सम्मको लागि यसले तपाइँलाइ सहयोग गर्छ । यसमा पनि भिडियो कोर्स र ट्रेनिंगका अभ्यासहरु छन।

यसमा HTML, CSS, CSS3, JavaScript, jQuery, Ruby, Ruby on Rails, iOS, Android, UX, Database आदि कोर्सहरु उपलब्ध छन।


 

4.  Tuts Plus

यो वेब डिजाइन र डेभलपमेन्टको लागि प्रख्यात वेबसाइट हो। यसले निशुल्क र प्रिमियम दुवै प्रकारका ट्युटोरियलहरु उपलब्ध गराउछ। यसका भिन्न कोर्सहरुका लागि भिन्न सबडोमेनहरु छन जसमा निरन्तर नयाँ समाचार र ट्युटोरियलहरु प्रकाशित भइरहन्छन। साथसाथै यसले बिभिन्न इबुकहरु पनि उपलब्ध गराउछ। यसमा Web Design, Programming, WordPress, Mobile Programming, Graphic Design का विशेष कोर्सहरु उपलब्ध छन।


 

5.  LearnStreet

** It used to be a great resources for beginners, though. Currently, This portal is not available.

यो JavaScript, Python, Ruby वेसिक लेभल देखि सिक्नको लागि रमाइलो, सजिलो र निशुल्क साइट हो। यसमा शुरु देखि नै बिभिन्न लेसन र अभ्यासलाइ संगै संगै लैजाने हुनाले सिक्न सजिलो हुन्छ।

र केहि नबुझेका शब्दहरुको लागि ग्लोसरीको पनि ट्याब संगै राखिदिएकोले नयाँ सिकारुहरुका लागि अत्यन्त सजिलो महशुस हुन्छ।


 

6. Udacity

जसलाई पढ्न अल्छी लाग्छ र मात्र सुनेर सिक्न मन लाग्छ, त्यस्तोको लागि यो साइट उपयुक्त छ। यसमा बिभिन्न भिडियोहरु र हिज्जे उपलब्ध छन जसले सिक्ने मान्छेलाइ पूर्ण रुपमा अन्तरक्रिया गराउदै अगाडी बढाउछ।

यसको प्रमुख बिशेषता भनेको यसमा अरु साइटहरुमा भन्दा धेरै भिडियोहरु उपलब्ध छन र यसका इन्स्ट्रक्टरहरु गुगल जस्ता ठुला कम्पनीका र प्रोफेसल फिल्डमा काम गरिरहेका व्यक्तिहरु छन।  यो सिकारु भन्दा केहि सिकी सकेकाहरुका लागि उपयुक्त छ। यसमा Web Development, HTML5, Python, Java, Computer Science, Algorithm, AI कोर्स उपलब्ध छन्।


 

7.  w3schools

वेबको लागि आवश्यक शुरु देखि एडभान्स लेभल सम्म यसले कोर्सहरु उपलब्ध गराउछ । यसमा HTML, CSS, jQuery, PHP, ASP, ASP.NET जस्ता कोर्सहरु सिक्न सकिन्छ। यो एउटा सजिलो वेबसाइट हो जसले अभ्यास गर्नको लागि साधारण प्यानल पनि उपलब्ध गराउछ जहाँ प्राक्टिस गर्न सकिन्छ। यो सिक्नको लागि भन्दा रिफ्रेन्सको लागि उपयुक्त मानिन्छ।

8. CodeHS

यो मुख्य गरेर गेमिंग प्रोग्रामिंग र एनिमेसनको लागि प्रख्यात छ। साथसाथै यसमा JavaScript,HTML/CSS, data structure, problem solving methods को पनि क्लासहरु उपलब्ध छन। यसको लागि तपाइँले महिनाको $२५ को दरले शुल्क तिर्नु पर्ने हुन्छ। यो वेसिक प्रोग्रामिंग सिक्नको लागि राम्रो साइट मानिन्छ।

9. Khan Academy

सन् २००६ मा सबैको लागि निशुल्क शिक्षा उपलब्ध गराउने भन्दै अमेरिकामा पढिरहेका बंगलादेशी सलमान खानले यो साइट संचालन गरेपछि एकाएक चर्चा पाएको थियो | यो मुनाफा रहित संस्थामा बिल गेट्स, गुगल लागायत अन्य धेरै कम्पनिहरुले सहयोग गरेका छन ।यसमा एउटा बिद्यार्थीका लागि आवश्यक धेरै बिषयमा कोर्स उपलब्ध छन। Programming Basics, Canvas Drawing, Animation, User Interaction, Mathematics आदि प्रोग्रामिंगमा सहयोगी कोर्सहरु हुन् ।


 

10. Coursera

यो एक चर्चित निशुल्क वेबसाइट हो। यसमा मुख्य गरेर  information, tech, and design courses हरु उपलब्ध छन् जस्तै social media, data science, creativity, innovation, metadata, digital democracy आदि। युनिभर्सिटीमा जस्तो यसमा नियमित रुपमा कोर्सहरु संचालन भइरहन्छन।

यी केहि चर्चित साइटहरु थिए जसमा अनलाइन वेब डिजाइन र प्रोग्रामिंग कोर्षहरु गर्न सकिन्छ। यसका साथसाथै अन्य Lynda, Timothy Training, Open Learn, iTunes U, Academic Earth, KillerPHP, WebDesign, Web Standards Curriculum, Google Developer University Consortium, Dev.Opera, Don’t Fear the internet, girls who code जस्ता साइटहरु पनि उपलब्ध छन। जसले आफ्नै प्रकारका आफ्नै तरिकाले कोर्सहरु संचालन गर्छन। यसका साथसाथै तपाईले विभिन्न प्रोफेसनल व्यक्ति, संस्था, कम्पनिहरुले चलाएका ब्लग, न्युज साइटहरुलाई फलो गरेर पनि धेरै कुरा सिक्न सक्नुहुन्छ।


 

 Happy Coding

Related posts