केहि रचना केहि सपना

Life Gives multiple reasons and paths to move and a destiny to reach but on the way to that you meet people make memories, and let your life create thousands of wonderful memories and   pain along with it but some you will keep moving and life becomes a diary of memories , pain , struggle and experiences. Here are some of mine .


जिन्दगीले अनेक बहाना दिएको छ
सधै खुसि सधै हास्ने चाहाना लिएको छ
जोड घटाउ गर्दा गर्दै खुशी जिन्दगीको
जिन्दगीले आज जागिर लेखापाल दिएको छ


हिजो राहदानी हात मै दियो जिन्दगीले
खुसि घट्यो दुख उपहार दियो जिन्दगीले
४४ डिग्री तातो घाम, मरभुमीकोको बास
काठको बाकस अनि ओछ्याँन दियो जिन्दगीले


रुन सकियन मायामा धोका पाईयो हजुर
त्यै झोकमा एक दुइ गिलास लगाइयो हजुर
उनको याद मिटाऊंन, थोरै हिम्मत जुटाउन
गिलासमा गिलास मिलाई बोतल रित्तो बनाइयो हजुर


जब धोका हुन्छ सत्य तितो हुन्छ यहाँ
तोडिय पछि बचन जोक हुन्छ यहाँ
मायाले मायामा पर्तिघात गर्छ
राता रात सम्बन्ध गासिन्छ टुट्छ यहाँ

Related posts