नेता मस्त जनता अनि देश अस्थ व्यस्थ

 

नेता मस्त देश अस्थ व्यस्त


 

बिहान उठेर इनारको पानीले मुख पखाल्दै , हतार हतार लाग्छु सडक तिर कलेजजाने बहानामा, सडकमा गाडी कुद्लान भन्ने त उ जमानाको कुरा भयो अब कुकुर कुध्दै हुन्छ त्यसको बैशको उन्मात देखाउदै, खाली सडकमा , गाडी गुड्न त के तेल छैन रे, लुखुर लुखुर हिन्दै कलेज पुग्छु, नेपाली परे चियाको तल तल लाग्छ , लत जो बसेको छ चियाको, आग्रह गर्छु क्यान्टिनको दाई संग बेदना मात्र सुन्न पाउछु ग्यास छैन ब्यापार छैन बाच्न सकिदैन क्यारे अब , अमिलो हुन्छ पेट ग्यास्ट्रिक लागेको छ रास्टिय रोग, लाग्छु ध्याउ गर्दै ग्यास निकालेर क्लासतिर, सरका कुरा सुन्दै गर्दा लाग्छ, जे नि गर्न सकिन्छ, अनि फेरी उही ग्यास्ट्रिकले छुस्स मिसकल दिन्छ ग्यास मुखको बाटो हुदै बाहिर आउछ , क्लास सकिन्छ । निस्कन्छु बाहिर कुध्दै क्यान्टिनतिर माग्छु वाइ वाई मेड इन नेपाल , चपाउछु निस्कन्छु बाहिर बाटोमा, पापी पेट पाल्न काम गर्ने पर्दो रैछ, कोचिदै, झुण्डीदै पुगिन्छ जसो तसो अपिस नि, पापी पेट कराउछ , फेरी ग्यास मुखको बाटो भएर बाहिर आउछ, एक बोतल पानी खाएर सुरु गरिन्छ काम, फेरी पेट खाली भाको कल नै आउछ, लाग्छु बाहिर क्याफे तिर येसो केहि आहाराको खोजिमा आहारा त के पाउनु , उही कथा सुन्न पाइन्छ ग्यास छैन, कसरि बाच्ने, फेरी उही वाई वाई चपाइन्छ भनिन्छ इ यसरि, अपिस ट्याम सकिन्छ लागिन्छ बसको खोजीमा , बस देख्नु त कता हो कता संगै हिडेको साथी नि हराउने गरेर मान्छे देखिन्छ अनि रोजिन्छ बस नम्बर ११ लगिन्छ लुखुर लुखुर बासस्थान तिर, कथा उही हो आफ्नो नि क्याफे अनि क्यान्टिनको दाईको जस्तै दिनभरको थकाई मेट्न एक पटक सुय्या गरिन्छ साथ मै निस्किन्छ थोरै ग्यास, दिन भरिको ग्यास जम्मा गर्दा त दुइ चार सिलिन्डर नै भरिन्छ कि कुन्नि ? फेरी खाली पेट त बस्न सकिन्न उही त हो बिनोद दाइको वाई वाई मेड इन नेपाल कुकर खोलेर हेरिन्छ , साइडमा कराई राखिन्छ अनि चपाईंन्छ वाई वाई मेड इन नेपाल, थालमा पस्केर !!! अनि ध्याउ गर्दै मुस्कान सहित भनिन्छ हाम्लाई नाकाबन्दीले केहि असर पारेको छैन …..
nepal_oil_crisis
तेल नभए के, ग्यास नभए के , तिमि जे गर हामी कहिले झुक्दैनौ, हाम्रो स्वाभिमान कहिले बेच्दैनौ

यस्तै छ म वाई वाई ले मस्त मेरो देश अस्थ व्यस्त !! जय होस् नेपालीको !!!

हामी कहिले नहार्ने नेपाली !!!!


 

 

Related posts